NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

दोस्रोपटक भारी मतले विजयी रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो पटक सांसद निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट उनी ५४१७५ मतसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११११४ मत प्राप्त गरेका छन् । यसपटक रविले पहिलाको तुलनामा झन् धेरै मत प्राप्त गरेका छन् ।

अघिल्लो चुनावमा उनले ४९ हजार ३०० मत प्राप्त गरेका थिए ।

यसअघि अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ निर्वाचनमा होमिएका कारण उनीविरूद्ध मुद्दा परेपछि सर्वोच्च अदालतले उनको सांसद पद बदर गरिएको थियो । लामिछानेको प्रतिनिधिसभा सदस्य पद गुमेसँगै सोही क्षेत्रमा उपनिर्वाचन भएको हो ।