दोस्रोपटक भारी मतले विजयी रवि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो पटक सांसद निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट उनी ५४१७५ मतसहित विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११११४ मत प्राप्त गरेका छन् । यसपटक रविले पहिलाको तुलनामा झन् धेरै मत प्राप्त गरेका छन् ।
अघिल्लो चुनावमा उनले ४९ हजार ३०० मत प्राप्त गरेका थिए ।
यसअघि अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ निर्वाचनमा होमिएका कारण उनीविरूद्ध मुद्दा परेपछि सर्वोच्च अदालतले उनको सांसद पद बदर गरिएको थियो । लामिछानेको प्रतिनिधिसभा सदस्य पद गुमेसँगै सोही क्षेत्रमा उपनिर्वाचन भएको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया