छोराको दुवै मिर्गौलाले काम गर्न छाडेपछि बालकुमारीद्वारा सहयोगको अपिल
रामेछाप । रामेछापको खाँडादेवीकी बालकुमारी खड्काले छोरा गणेशकुमार खड्काको दुबै मिर्गौलाले काम गर्न छाडेपछि उपचार सहयोगका लागि अपिल गरेका छन् ।
मिर्गौला दान गर्न कान्छी छोरी तयार भए पनि धरौटी र उपचार खर्च अभाव भएको उल्लेख गर्दै बालकुमारीले सहयोगका लागि सबैमा आग्रह गरेकी हुन् । डेढ वर्षदेखि गणेशकुमारका दुबै मिर्गौलाले काम गर्न छाडेको छ । हाल उनी काठमाडौँमा उपचाररत छन् ।
‘छोरा गणेशको प्राण बचाउन दुवै मिर्गौला फेर्नुपर्ने भएको छ । मेरी कान्छी छोरी मिर्गौला दान दिन तयार छिन् । तर धरौटी राख्न रु पाँच लाख अझै जुट्न सकेको छैन,’ उनले भने । बाइस वर्षीय छोरालाई सक्दो सहयोगका लागि ९८६९२७५८०१ नम्बरमा सम्पर्क गर्न तथा गणेशको नाममा लक्ष्मी बैँकको बनेपा शाखामा रहेको खाता नं ००३२०१५९७१२ मा सहयोगका लागि बालकुमारीले अपिल गरेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया