NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

छोराको दुवै मिर्गौलाले काम गर्न छाडेपछि बालकुमारीद्वारा सहयोगको अपिल

रामेछाप । रामेछापको खाँडादेवीकी बालकुमारी खड्काले छोरा गणेशकुमार खड्काको दुबै मिर्गौलाले काम गर्न छाडेपछि उपचार सहयोगका लागि अपिल गरेका छन् ।

मिर्गौला दान गर्न कान्छी छोरी तयार भए पनि धरौटी र उपचार खर्च अभाव भएको उल्लेख गर्दै बालकुमारीले सहयोगका लागि सबैमा आग्रह गरेकी हुन् । डेढ वर्षदेखि गणेशकुमारका दुबै मिर्गौलाले काम गर्न छाडेको छ । हाल उनी काठमाडौँमा उपचाररत छन् ।

‘छोरा गणेशको प्राण बचाउन दुवै मिर्गौला फेर्नुपर्ने भएको छ । मेरी कान्छी छोरी मिर्गौला दान दिन तयार छिन् । तर धरौटी राख्न रु पाँच लाख अझै जुट्न सकेको छैन,’ उनले भने । बाइस वर्षीय छोरालाई सक्दो सहयोगका लागि ९८६९२७५८०१ नम्बरमा सम्पर्क गर्न तथा गणेशको नाममा लक्ष्मी बैँकको बनेपा शाखामा रहेको खाता नं ००३२०१५९७१२ मा सहयोगका लागि बालकुमारीले अपिल गरेका छन् ।