शिक्षकहरूले चैत र वैशाखको पेन्सन एकैपटक पाउने
काठमाडौं । बजेट अभावका कारण अर्थ मन्त्रलयलेले रकम निकासा गर्न नसकेपछि शिक्षकहरूले चैत महिनाको पेन्सन पाउन सकेनन् ।
निवृत्तिभरण व्यवस्थापन कार्यालयका सूचना अधिकारी राजभाइ श्रेष्ठका अनुसार चैत महिनामा ३० हजार शिक्षकले पेन्सन पाएनन् । ४० करोड रूपैयाँ नपुगेपछि उनीहरू पेन्सन पाउनबाट वञ्चित भएका हुन् ।
हाल पेन्सन पाउन शिक्षक संख्या ५१ हजार ३०८ रहेको उनले जानकारी गराए ।
चैत महिनामा पेन्सन नपाएकाहरूले अब वैशाख महिनामा एकैपटक दुई महिनाको पेन्सन पाउने भएका छन् । ‘अर्थले बजेट पठाउन नसकेका कारण ढिला भएको हो । अहिले तीन अर्ब रूपैयाँ निकासा भइकेको छ,’ उनले भने, ‘पेन्सन नपाउनेहरूले बैशाखमा दुवै महिनाको एकैपटक भुक्तानी पाउनुहुनेछ ।’ उनका अनुसार पेन्सन नपाउने शिक्षकहरूले वैशाख १५ देखि २२ गतेभित्र भुक्तानी पाइसक्छन् ।
निवृत्तीभरण कार्यालयले निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षकलगायतको पेन्सनको भुक्तानी गर्दै आएको छ । श्रेष्ठका अनुसार हरेक आर्थिक वर्षमा पेन्सनमा ६० देखि ७० अर्ब खर्च हुँदै आएको छ । मासिक रूपमा पाँचदेखि ६ अर्ब बजेट पेन्सनका लागि खाँचो पर्छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया