बिरामी बडापत्र अस्पतालको अग्रभागमा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ पालना गर्न सबै स्वास्थ्य सेवा प्रदायक निकायलाई निर्देशन गरेको छ ।
सो मापदण्डमा स्वास्थ्य संस्थाले विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने उल्लेख छ । आज मन्त्रालय अन्तर्गतको गुणस्तरमापन तथा मापदण्ड नियमन महाशाखाले सबै सरकारी, निजी, सामुदायिक, प्रतिष्ठान तथा मेडिकल कलेजलाई पत्राचार सो निर्देशन गरेको हो ।
मन्त्रालयका उपसचिव एकदेव खनालद्वारा जारी परिपत्रमा अनुगमनका क्रममा मापदण्डअनुसार विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको दश प्रतिशत निःशुल्क उपचार सेवा उपलब्ध नभएको पाइएको उल्लेख छ । परिपत्रमा बिरामीले संस्थाबाट सेवा प्राप्त गर्दा लाग्ने शुल्क, प्रक्रिया तथा अवधिसमेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा राख्न निर्देशन दिइएको छ ।
अनुगमनका क्रममा स्वास्थ्य संस्थाहरुले सवारी साधन पार्किङको शुल्क उठाएको पाइएको जनाउँदै पार्किङ शुल्क नउठाउन निर्देशन दिएको हो । परिपत्रले जनशक्तिलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया