NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

ओलीमाथि ढुंगा प्रहार भएपछि संसदमा हंगामा, कसले गर्यो आक्रमण ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारेस्थित रामजानकी मन्दिरनजिकै पार्टी कार्यक्रममा सहभागी हुन गएका थिए ।  तर कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएकाहरूले ओलीलाई कालोझन्डा देखाएपछि केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडप भयो ।

कार्यक्रममा अप्रिय स्थिति हुन नदिन प्रहरीले कार्यक्रमस्थलबाट करिब १०० मिटर परै प्रदर्शनकारीलाई रोकेका थिए । त्यहि क्रममा प्रदर्शनकारीले ढुंगामुढा प्रहार गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गाराज रेग्मीले जानकारी दिएका छन् ।

उनका अनुसार प्रर्दशनकारी कार्यक्रम स्थलमै प्रवेश गर्न खोजेपछि लाठीचार्ज गर्न प्रहरी बाध्य भएको हो । कार्यक्रम स्थाल जान नपाएका प्रदर्शनकारीले ओलीविरूद्ध नाराबाजी गर्दै ढुंगामुढा प्रहार गरेका थिए । ढुंगाले लागेर प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदीपनारायण राजवंशी घाइते भएको रेग्मीले बताए ।

ओलीमाथि ढुंगा प्रहार भएपछि संसदमा एमालेको आपत्ति

ओलीमाथि ढुंगा प्रहार भएपछि एमालेका सांसदहरूले संसदमा आपत्ति जनाएका छन् । बुधबार बसेको संसदको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरिले घटनामा सत्ता पक्षका व्यक्तिहरू संलग्न भएको आरोप लगाए ।

‘हामीले लडेर लोकतन्त्र ल्यायौं तर आज एउटा कार्यक्रममा एमाले नेतृत्व सहभागी हुन जाँदा जुन किसिमले ढुंगामुढा गर्ने प्रयास भयो, त्यसमा सत्तापक्षभित्रै कार्यकर्ता घुसपैठ गरिएको छ’, उनले आरोप लगाए ।

गृहमन्त्रीले दिए जवाफ

एमालेका सांसदहरूले आपत्ति जनाएपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरिएको संसदलाई जानकारी गराएका छन् ।

फागुन १७ गते प्रदेश १ को नामाकरण कोशी राखिएपछि कोशी प्रदेश अशान्त बन्दैआएको छ । विरोध प्रदर्शनको क्रममा एक जनाले ज्यान गुमाइसकेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष