दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्दै केन्द्रीय बैंक
काठमाडाैं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो ।
केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि ( यहि जेठ २ गतेदेखि २०८१ जेठ २ गते) सम्म मुद्दती निक्षेपमा राख्न चाहेको हो ।सूचनाअनुसार क वर्गका वाणिज्य बैंक रु एक अर्ब ६० करोड, ख वर्गका बैंकले रु ३० करोड २ लाख र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु १० करोड बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो ।
बैंकले यही वैशाख १७ गते राति १२ बजेसम्म बैंक तथा वित्तिय संस्थालाई ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया