NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

वामदेवको सांसद पद खारेजसम्बन्धी मुद्दामा सर्वोच्चले माग्यो बहस नोट

काठमाडौं । वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरिएकोविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले बहस नोट मगाउने आदेश दिएको छ ।

बुधबार सुनुवाइपछि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हाको संवैधानिक इजलासले बहस नोट मगाउने आदेश दिएको हो।

२०७४ मा तत्कालीन ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्याभण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन् ।

प्रतिनिधिसभा सदस्यमा पराजित व्यक्तिलाई एउटै कार्यकालमा मनोनित गर्न नमिल्ने भन्दै अधिवक्ता दिनेश त्रिपाठीलगायतले राष्ट्रपति र सरकारविरूद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।