सच्चियो यातायात निर्देशिका, अब नेपालमै बनेका सवारीले पनि नम्बर प्लेट पाउने
काठमाडौं । सरकारले यातायात व्यवस्थापन निर्देशिका, २०६० लाई संशोधन गरेसँगै अब नेपालमै बनेका सवारी दर्ताको बाटो खुलेको छ ।
यातायात व्यवस्था विभागको गत १३ वैशाखको निर्णयअनुसार उक्त निर्देशिका संशोधन भएसँगै अब नेपाली सवारी साधनले पनि नम्बर प्लेट पाउने भएका हुन् । निर्देशिकाको बुँदा नं ११.१ अन्तर्गत नयाँ बुँदा ११.१.९ थप गरी उल्लेखित विषय संशोधन गरिएकोे जनाइएको छ ।
निर्देशिका संशोधन गरेर नेपालमै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता तथा नामसारी गर्न सवारीको भन्सार प्रज्ञापापत्र आवश्यकता नगर्ने बनाइएको छ ।
सो कार्यका लागि उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको साटो मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानुन अनुसार अन्तः शुल्कसम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्तःशुल्क निकासी फारम भर्नुपर्ने जनाइएको छ ।
पछिल्लो समय नेपालमै बनेको विद्युतीय मोटरसाइकल ‘यात्री’ ले दर्ता प्रक्रियामा आउन नपाएपछि यो विषय सतहमा आएको थियो । चौतर्फी विरोध भएपछि सवारीसाधन दर्तासम्बन्धी समस्या भएको विषयमा उठेको जनचासो सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले तत्काल समस्या समाधान गर्न निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको कार्यालयले नेपालमा उत्पादित सवारीसाधन दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता समाधान गर्न सम्बन्धित कानुन संशोधन गरी मन्त्रिपरिषद् प्रस्ताव ल्याउने निर्णय गरेको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया