३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

काठमाडाैं । सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माणको प्रयोजनका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका व्यवसायीहरुले नवीकरण नगरेकाले उनीहरुको इजाजतपत्र खारेज गरिएको हो ।
मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले आज एक सूचना प्रकाशित गरी इजाजतपत्र लिएका व्यवसायीहरुले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत्र मसान्तसम्म निर्माण व्यवसाय इजाजतपत्र नविकरण नगरेकाले सोही ऐनको दफा ७ को उपदफा ३ बमोजिम ती निर्माण व्यवसायीको इजाजतपत्रहरु स्वतः खारेज भएको जनाएको हो ।
यसअघि मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेको थियो । तर सो समय अवधिभित्र नवीकरण नगरेकाले इजाजतपत्र खारेज गरिएको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो
-
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार : तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध आरोपपत्र दायर
-
लेक लागेर कोरियाली नागरिकको मृत्यु
-
उपयुक्त समयमा संविधान संशोधन हुन्छ, समिति बनाएर काम गर्छौं : प्रधानमन्त्री ओली
-
अनुमतिबिना बन्दुक बोकेको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया