एनएमबि बैंकको मोबाइल बैंकिङ एपबाट सिधै आइएमई पेमा लोड गर्न मिल्ने
काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ मा अब एनएमबि बैंकको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ ।
आइएमई पे र एनएमबि बैंक बीच भएको सम्झौता स्वरुप अब ग्राहकवर्गले आफ्नो एनएमबि बैंकको मोबाईल बैंकिङ प्रयोग गरी सिधै एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्ने भएका हुन् ।
ग्राहकलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उदेश्यका साथ सो सुबिधा सुचारु गरिएको बैंकले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया