कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो

दोधारा चाँदनी । पछिल्लो एक सातायता कञ्चनपुरमा कोरोना सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार मात्रै कञ्चनपुरमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा अधिकांश भारतबाट नेपाल फर्किनेहरु छन ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन शिद्धराज भट्टले भारतबाट आउनेमा सङ्क्रमण देखिएको बताए । ‘पहिला जस्तो सिकिस्त बिरामी पर्ने खालको देखिएको छैन ।’ उनले भने, ‘अहिले सीमानाका गड्डाचौकीमा भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण जाँच भइरहेको छ ।’
यहाँको बेलौरी नगरपालिकामा सबैभन्दा बढी सङ्क्रमित देखिएका छन । जिल्लामा जम्मा सक्रिय सङ्क्रमित २६ जनामध्ये २४ जना बेलौरीकै छन् । बैलौरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयसिंह बोहराले सङ्क्रमित हुने अधिकांश भारतबाट आएका रहेको बताए ।
‘बुधबार शङ्कास्पद १६ जनाको परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ ।’ उनले भने, ‘अहिले शङ्कास्पद बिरामीको मात्रै परीक्षण गर्ने गरेका छौँ ।’ गड्डाचौकी हेल्थ डेस्क प्रमुख प्रिति बोहराले भारतबाट आउनेमा कोरोना सङ्क्रमण देखिएको बताए । ‘बुधबार तीन जनामा सङ्क्रमण देखिएको छ ।’ उनले भने, ‘अहिले घर फर्किनेको सङ्ख्या कम छ ।’ बुधबार नाकामा एक सय ४९ जनाको कोरोना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको हो । अहिले कञ्चनपुरमा सक्रिय सङ्क्रमितको संख्या २६ रहेको छ ।
ताजा अपडेट
-
आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई नयाँ जिम्मेवारी
-
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने
-
विपद् व्यवस्थापनमा क्रियाशील हुन गृहमन्त्रीको निर्देशन
-
गण्डकीमा राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित
प्रतिक्रिया