सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण
काठमाडाैं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजनाअन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । सानिमा बैंकका खातावाला उदय कुमार साहको दुर्घटना भई मुत्यु भएकोले मृत्यकको हकवाला श्रीमती आशा कुमारीलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरिएको हो ।
सानिमा बैंकका मधेश प्रदेश प्रमुख श्री दिपेश सिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरे । स्वर्गीय उदय कुमार साहले सानिमा बैंकको पटेर्वासुगौली शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेका थिए ।
सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा, ३ लाख रूपैयाँसम्मको ६ जटिल रोगको उपचार बीमा, १० हजार रूपैयाँसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजार रूपैयाँसम्मको औषधी उपचार बीमा, २५ हजार रूपैयाँको आवधिक जीवन बीमा र ५ हजार रूपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।
सानिमा बैंकका देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटीएम संचालनमा रहेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया