सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडाैं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजनाअन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । सानिमा बैंकका खातावाला उदय कुमार साहको दुर्घटना भई मुत्यु भएकोले मृत्यकको हकवाला श्रीमती आशा कुमारीलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरिएको हो ।
सानिमा बैंकका मधेश प्रदेश प्रमुख श्री दिपेश सिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरे । स्वर्गीय उदय कुमार साहले सानिमा बैंकको पटेर्वासुगौली शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेका थिए ।
सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा, ३ लाख रूपैयाँसम्मको ६ जटिल रोगको उपचार बीमा, १० हजार रूपैयाँसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजार रूपैयाँसम्मको औषधी उपचार बीमा, २५ हजार रूपैयाँको आवधिक जीवन बीमा र ५ हजार रूपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।
सानिमा बैंकका देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटीएम संचालनमा रहेका छन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया