बाजुरामा गएरातिको भूकम्पले २३ घरमा क्षति
बाजुरा । गएराति गएको भूकम्पका कारण हिमाली गाउँपालिका–२ विच्छ्यामा २३ घरमा पूर्णरुपमा क्षति पुगेको छ । गौमुल गाउँपालिकाको दहकोट आसपास केन्द्रबिन्दु भएर मध्यराति १ बजेर ३० मिनेट जाँदा गएको पाँच दशमलव नौ रेक्टर स्केलको भूकम्पले २३ घरमा पूर्णरुपमा क्षति भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिए।
उनका अनुसार उक्त वडाका धञ्जित बुढा, दन्तिर बुढा, जोवलाल बुढा, नौउले बुढा, दिलबहादुर बुढा र सौरमल रोकायाको घरमा क्षति पुगेको छ । यस्तै वासु रोकाया, सुरेन्द्र बुढा, दुवलाल बुढा, देवबहादुर बुढा, पञ्च रोकाया, सुरेन्द्र बुुढा, जग्गी बोहरा, साइमल बोहराको घरमा क्षति पुगेको छ ।
सोही वडाका सुर्ज बोहरा, जस थापा, भयधन थापा, पूर्ण थापा, कुसुम खड्का, वाचमल रोकाया, कल रोकाया, सुर्ज खड्का, गोल्लाल खड्कालगायतको घरमा क्षति भएकोे गाउँपालिकाका प्रशासकीय अधिकृत भण्डारीको भनाइ छ । क्षतिको विवरण संकलनका लागि पालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया