२१ अर्बको ट्रेजरी बिल्स जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख १७ गते (आइतबार) २१ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल्स जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अभावलाई न्यूनिकरण गर्न राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँ बजारमा प्रवाह गर्न लागेको हो । जसमध्ये ६ अर्ब रूपैयाँ नयाँ ट्रेजरी बिल्स जारी हुन लागेको हो ।
बैंकले २८ दिन, ९१, १८२ र ३६४ दिनको लागि ट्रेजरी बिल्स जारी गर्न लागेक हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् ।
राष्ट्र बैंकले २८ दिनको लागि ४ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । जुन २०८० साल जेठ १६ गते परिपक्क हुने छ । ९१ दिनको लागि ८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० साउन १६ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि १३ अर्बको जारी गर्न लागेको छ । जुन २०८० साल कार्तिक १४ गते परिपक्क हुनेछ । ३६४ दिनको लागि ४२अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०८१ वैशाख १८ गते परिपक्व हुनेछ ।
ताजा अपडेट
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
-
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : डा. शेखर कोइराला
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
प्रतिक्रिया