एसिसी प्रिमियर कप– कुवेतले टस जित्यो, ब्याटिङ सम्हाल्दै नेपाल
काठमाडौं । एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध ब्याटिङ सुरु गरेको छ ।
टियु क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेको कुवेतले बलिङ रोजेपछि नेपालले ब्याटिङ सम्हालेको हो ।
नेपाल समूह ‘ए’ को विजेता हो भने कुवेत समूह ‘बी’ को उपविजेता । आजको खेलमा दुवै टिम एकले अर्कोलाई हराएर फाइनल यात्रा तय गर्ने दाउमा छन् । ।
नेपाल र कुवेतबीच हालसम्म तीन खेल भएका छन् । जसमा नेपालले दुई तथा कुवेतले एकमा जित हात पारेको छ ।
आजको खेलमा नेपाली टोलीका एक जना खेलाडी परिवर्तन गरिएको छ । गुलसन झालाई बेञ्चमा राखेर उनको स्थानमा करण केसीलाई अवसर दिइएको हो ।
नेपालको सम्भावित प्लेइङ–११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर) , कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललितनारायण राजवंशी
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया