एसिसी प्रिमियर कप– कुवेतले टस जित्यो, ब्याटिङ सम्हाल्दै नेपाल
काठमाडौं । एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध ब्याटिङ सुरु गरेको छ ।
टियु क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेको कुवेतले बलिङ रोजेपछि नेपालले ब्याटिङ सम्हालेको हो ।
नेपाल समूह ‘ए’ को विजेता हो भने कुवेत समूह ‘बी’ को उपविजेता । आजको खेलमा दुवै टिम एकले अर्कोलाई हराएर फाइनल यात्रा तय गर्ने दाउमा छन् । ।
नेपाल र कुवेतबीच हालसम्म तीन खेल भएका छन् । जसमा नेपालले दुई तथा कुवेतले एकमा जित हात पारेको छ ।
आजको खेलमा नेपाली टोलीका एक जना खेलाडी परिवर्तन गरिएको छ । गुलसन झालाई बेञ्चमा राखेर उनको स्थानमा करण केसीलाई अवसर दिइएको हो ।
नेपालको सम्भावित प्लेइङ–११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर) , कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललितनारायण राजवंशी
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया