६ वर्षदेखि फरार एमाले पूर्वसांसद जेल चलान
काठमाडौं । सरकारी सहीछाप कीर्तेसम्बन्धी मुद्दामा दोषी ठहर कोशी प्रदेशकी पूर्वसांसद गुलेफन खातुन जेल चलान भएकी छन् ।
अदालतबाट कैद सजाय सुनाएपछि फरार उनले शुक्रबार जिल्ला अदालत मोरङसमक्ष आत्मसमर्पण गरेकी थिइन् । त्यसलगत्तै उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।
उनीमाथि मोहीको जग्गाका लागि लिएको सिफारिसमा तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकारी छाप कीर्ते गरेको अभियोग लागेको थियो । यही अभियोग लगाउँदै जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएकोमा ०७४ वैशाख ३१ गते तत्कालीन न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले दोषी ठहर गर्दै एक वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाएको थियो । खातुनसहित उनका श्रीमान् शेख शिलबर मियाँ, तत्कालीन गाविसका कर्मचारी विजय कामत र दिपचन्द मण्डललाई पनि उक्त प्रकरणमा दोषी ठहर्याउँदै अदालतले सजाय सुनाएको थियो ।
अदालतबाट कैद सजाय सुनाइए पनि खातुन राजनीतिक प्रभाव र पहुँचका आधारमा ६ वर्षदेखि फरार रहँदै आएकी थिइन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया