दुबईका शासक शेखद्वारा दुई छोरालाई उपशासकमा नियुक्त
काठमाडौं । दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतुमले आफ्ना दुई छोरालाई डेपुटी गभर्नरमा नियुक्त गरेका छन् ।
दुबई मिडिया अफिसले एक ट्विट गर्दै मकतमुले शुक्रबार उनीहरूलाई डेपुटी गभर्नरमा नियुक्त गरेको जनाएको छ ।
दुबई मिडियाका अनुसार, मकतूम बिन मोहम्मदलाई पहिलो र अहमद बिन मोहम्मदलाई दोस्रो उपशासक बनाइएको छ ।
मकतूम बिन मोहम्मदले यसअघि नै संयुक्त अरब इमिरेट्सको उपप्रधानमन्त्रीसँगै अर्थमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् भने उनका भाइ अहमद बिन मोहम्मद दुबई मिडिया काउन्सिलका अध्यक्ष हुन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया