रियल बेटिसमाथि बार्सिलोनाको सहज जित
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसमाथि सहज जित निकालेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल बोटिसलाई ४–० को फराकिलो गोलान्तरमा पराजित गरेको हो ।
बार्सिलोनाको जितमा आन्द्रेअस क्रिस्टियन, रोबर्टो लेवान्डोस्की र राफिन्हाले समान एक÷एक गोल गरे । ३–० गोलअन्तरमा अगाडि रहेकै बेला रियल बेटिसका गुइडो रोड्रिगेजले आत्मघाती गोल गरेपछि बार्सिलोनाले ४–० को सुविधाजनक जित निकाल्यो ।
जितसँगै बार्सिलोनाल ३२ खेलमा ७९ अंक जोडेर शीर्ष स्थानमा छ । बेटिस ४९ अंक जोडेर छैटौं स्थानमा छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया