रियल बेटिसमाथि बार्सिलोनाको सहज जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसमाथि सहज जित निकालेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल बोटिसलाई ४–० को फराकिलो गोलान्तरमा पराजित गरेको हो ।
बार्सिलोनाको जितमा आन्द्रेअस क्रिस्टियन, रोबर्टो लेवान्डोस्की र राफिन्हाले समान एक÷एक गोल गरे । ३–० गोलअन्तरमा अगाडि रहेकै बेला रियल बेटिसका गुइडो रोड्रिगेजले आत्मघाती गोल गरेपछि बार्सिलोनाले ४–० को सुविधाजनक जित निकाल्यो ।
जितसँगै बार्सिलोनाल ३२ खेलमा ७९ अंक जोडेर शीर्ष स्थानमा छ । बेटिस ४९ अंक जोडेर छैटौं स्थानमा छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया