एसिसी प्रिमियर कप फाइनल : नेपालले फिल्डिङ रोज्यो, दीपेन्द्र सिंह बेन्चमा

काठमाडौं । एसिसी प्रिमियर कप फाइनलअन्तर्गत युएईविरुद्धको खेलमा घरेलु टिम नेपालले सुरुमा फिल्डिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेको हो । योसँगै युएईले ब्याटिङ गर्ने भएको छ ।
कुवेतलाई सेमिफाइनलमा रोकेर फाइनलमा स्थान बनाएको नेपाल आज जित निकाल्नुपर्ने दबाबमा छ । आजको खेलमा जित निकालेमा नेपालले एसिया कम खेल्न पाउनेछ ।
आजको खेलमा नेपालले एक जना खेलाडी परिवर्तन गरेको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा नेपालले गुल्सन झालाई अवसर दिएको हो ।
प्लेइङ ११
कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहितकुमार पौडेल, कुशल मल्ल, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र ललितनारायण राजवंशी ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया