टोटनहममाथि लिभरपुलको कठिन जित
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलसँग टोटनहम पराजित भएको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले टोटेनहमलाई ४–३ गोलान्तरमा परास्त गरेको हो ।
कुर्टिस जोन्सले खेल सुरु भएको तेस्रो मिनेटमा नै गोल गरेर लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि लुइस डियाज र १५औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ३–० को अग्रता दिलाए । पहिलो हाफको ३९औं मिनेटमा ह्यारी केनले १ गोल गरेर खेललाई ३–१ को अवस्थामा ल्याए । खेलको ७७ औं मिनेटमा सन ह्युङ मिनले टोटनहमका लागि गोल गरे भने इन्जुरी समयको तेस्रो मिनेटमा टोटेनहमका रिचार्लिसनले गोल गर्दै खेललाई बराबरीमा फर्काए । तर इन्जुरी समयको चौथो मिनेटमा नै डिएगो जोटाले अर्को गोल गर्दै ४–३ को अवस्थामा पुर्याएर टोटनहमलाई स्तब्ध पारे ।
योसँगै लिभरपुल ३३ खेलबाट ५६ अंक जोड्दै पाँचौं स्थानमा छ भने टोटेनहम ५४ अंक जोडेर छैटौं स्थानमा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया