नेपालमा ४६ हजार जना दृष्टिविहिनको समस्यामा

काठमाडौं । नेपालमा ४६ हजार मानिस दृष्टिविहिनको समस्यामा रहेको सरोकारवालाहरूले बताएका छन् । आइतबार नेपाल नेत्र ज्याेति संघले गोदावारीमा आयोजना गरेको कार्यक्रममा संघका कार्यकारी निर्देशक शैलेस कुमार मिश्रले नेपालमा ४६ हजार मानिस दृष्टिविहिनको समस्याबाट गुज्रिरहेको बताएका हुन् ।
डा.मिश्रले प्रदेशगत हेर्दा लुम्बिनी, मधेश र सुदुरपश्चिम प्रदेशमा दृष्टिविहिनको समस्या कम देखिएको कार्यक्रममा उल्लेख गरेका थिए । उनले आँखामा देखिने सबै समस्याको उपचार सम्भव भएको र यसको लागि पहुँच बढाउन आवश्यक रहेको कार्यक्रमा बताएका थिए । उपचार सम्भव नभएकाहरूका पनि पुन :स्थापना गर्न सकिने बताउँदै उनले जनचेतना बढाउन पहल गर्नुपर्ने उल्लेख गरे । उनले आँखा स्वास्थ्य सेवाको लागि सरकारी र गैरसरकारी संस्थाहरूले जोड दिने आवश्यक भएको औल्याए ।
कार्यक्रममा नेत्र ज्याेति संघका अध्यक्ष चेत राज पन्तले आँखा समस्याबारे अझै पनि मानिसहरू सचेत नभएको बताउँदै आँखा स्वस्थ हुँदा झण्डै ३ प्रतिशत मृत्युदर घट्ने बताए । कार्यक्रममा आँखा रोग विशेषज्ञ डा. सबिना श्रेष्ठले आँखामा देखिने विभिन्न समस्याबारे बताएकी थिइन् ।
कार्यक्रमा इन्टरनेसनल ‘एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस’ का क्षेत्रीय संयोजक युद्ध सापकोटाले ८० प्रतिशत आँखाको समस्या समाधान गर्न सकिने जानकारी दिए ।
उनले दृष्टिविहिन हुनुमा मातियाबिन्दु प्रमुख कारण रहेको कार्यक्रमा बताए । विश्वमा २ अर्ब २० करोड मानिसमा कुनै न कुनै दृष्टिको समस्या रहेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया