आजदेखि मोदी इनर्जीको आइपीओ निष्काशन
काठमाडौं । मोदी इनर्जीले आज (वैशाख १९) गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेको हो ।
जसमध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ । त्यस्तै, ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ ।
बाँकी ५९ लाख ९४ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने जेठ २ गतेसम्म दिन सकिने छ ।
सर्वसाधारणले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया