युएईविरूद्ध गुल्सनको अर्धशतक
काठमाडौं । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र यूएई एसीसी प्रिमियर कपको फाइनल खेलमा गुल्सन झाले अर्धशतक पुरा गरेका छन् । दुबै ओपनर आउट भइसकेको खेलमा गुल्सनले ७५ बलमा ४ छक्का र ३ चौका हानेर नेपालको रन बढाएका हुन् ।
नेपालले ३० ओभरमा ३ विकेटको क्षतिमा १११ रन जोडेको छ। अहिले गुल्सनसँगै भीम सार्की ३० रनमा ब्याटिङ गरिरहेका छन्।
उपाधि जित्न दिएको ११८ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि झाले राम्रो प्रदर्शन गरिरहेका छन् । नेपालका ओपनरसहित कप्तान रोहित पौडेल आउट भएका भएका थिए ।
सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो ।
मंगलबार २७.३ बाट ब्याटिङ सुरु गरेको युएई ३३.१ ओभरमा ११७ रनमा अलआउट भयो।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया