अवरुद्ध अरनिको राजमार्ग नियमित
बनेपा । काभ्रेको बनेपा नगरपालिका–१३ भैँसेपाटीमा आज बिहान करिब १ बजेतिर मोटरसाइकलले ठक्कर दिएर एक जनाको मृत्यु भएपछि स्थानीयले अवरुद्ध गरेको अरनिको राजमार्ग चार घण्टापछि नियमित भएको छ ।
बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ६३ प २७२ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि बनेपा नगरपालिका–१३ स्थित भैँसेपाटीका स्थानीय अन्दाजी ६० वर्षीय बालकृष्ण बुढाथोकीको निधन भएपछि आक्रोसित स्थानीयले बिहान ४ बजेदेखि सडक अवरुद्ध गराएको सडक खुलेको हो ।
सडक अवरुद्ध भएपछि प्रहरीले वैकल्पिक रुपमा सवारीसाधन बनेपा–नाला–भक्तपुरको बाटोबाट वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालन गरेर सडक खुलाउने प्रयास गरेको थियो । अहिले सडक पूर्ण रुपमा सञ्चालन भएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभयो । मोटरसाइकल चालकको खोजी जारीरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया