NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

थप ५५ जनामा देखियो कोरोना

काठमाडौं । मंगलबार थप ५५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ७१८ जनाको नमुना परीक्षणबाट सो संख्यामा संक्रमण देखिएको हो । त्यस्तै, आज ५३ जना निको भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या २५२ रहेको छ ।

गएको २४ घण्टामा २ हजार ४७७ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयको जारी बुलेटिनमा उल्लेख छ ।