यातायात व्यवस्था कार्यालयका उपसचिव भट्टराईविरूद्ध १ करोडको भ्रष्टाचार मुद्दा
काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरूद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले यातायात व्यवस्था कार्यालय काठमाडौं, सुकेधारास्थित भट्टराईविरूद्ध १ करोड १५ लाख २९ हजार रूपैयाँ बराबरको बिगोसहित आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।
भट्टराईले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सो पुष्टि हुन आएकाले उनीविरूद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
उनलाइ भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांश तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद तथा जरिवानाको सजाय हुन मागदाबीसहित मुद्दा दायर गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया