सोसिडाडसँग रियल स्तब्ध
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडले रियल मड्रिडलाई परास्त गरेको छ । गएराति सम्पन्न खेलमा रियललाई रियल सोसिडाडले २–० गोलान्तरमा स्तब्ध पारेको हो ।
सोसिडाडको यो जितमा ताकेफुसा कुबो र एन्डर बारेनसिएले १÷१ गोलको योगदान दिए । कुबोले ४७औं र एन्डरले ८५औं मिनेटमा गोल गरेका हुन् ।
खेलको दोस्रो हाफमा रियल १० खेलाडीमा खुम्चन पुग्यो । ६१ औं मिनेटमा डानी कार्भाजलले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटिएको हो ।
योसँगै सोसिडाड ३३ खेलबाट ६१ अंक जोडेर चौथो स्थानमा रहन सफल भएको छ भने रियल ६८का साथ दोस्रो स्थानमा छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया