ओसासुना हार्यो, बार्सिलोना उपाधि नजिक
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले ओसासुनालाई हराउँदै आफूलाई उपाधि नजिक पुर्याएको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई १–० गोल अन्तरमा हराएको हो ।
बार्सिलोनाको यो कठिन जितमा जोर्डी अल्बाले निर्णायक गोल गरे । उनले खेलको ८५औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाएका हुन् ।
यस्तै खेलको २६औं मिनेटमा ओसासुना १० खेलाडीमा सीमित हुन पुग्यो । जोर्गे ओरोजले रातो कार्ड पाएपछि ओसासुना १० खेलाडीमा सीमित बनेको हो ।
जितसँगै बार्सिलोना उपाधि नजिक पुगेको छ । शीर्ष स्थानमा रहेको उसले ३३ खेलबाट ८२ अंक जोडेको छ । बार्सिलोनाको यो अंक दोस्रो स्थानमा रहेको रियलको भन्दा १४ ले बढी हो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया