च्याटजिपिटी प्रभाव : अमेरिका र बेलायतका शिक्षा कम्पनीहरूको शेयरमा भारी गिरावट
काठमाडौं (एजेन्सी) । अनलाइन ट्युसन प्रदायक र पुस्तक प्रकाशनका ठूला कम्पनीहरूको सेयरमा तीव्र गिरावट आएको छ।
च्याट जिपिटीजस्ता आर्टिफिसियल इन्टेलिजेन्स बटहरूले यस्ता कम्पनीको व्यवसाय प्रभावित हुने आँकलन भइरहेका बेला सेयरमा उछाल आएको हो ।
अमेरिकी कम्पनी चेगको सेयर मूल्य मंगलबार ५१ प्रतिशतले घटेको छ । यसबाट कम्पनीलाई एकै दिन एक अर्ब डलरभन्दा बढी घाटा लागेको बिबिसी समाचारमा जनाइएको छ ।
त्यसैगरी, बेलायती कम्पनी पियर्सनले पनि आफ्नो कुल मूल्यको छैटौं भाग गुमाएको छ ।
चेगका सीईओ ड्यान रोजेन्सवेगले विद्यार्थीहरू च्याट जीपीटीमा बढी चासो राखेको र कम्पनीले नयाँ ग्राहकहरूलाई आकर्षित गर्न नसकेको बताएका छन् ।
कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स बटहरूसँग लड्न आफ्नै एआई उपकरण पनि लन्च गरेको छ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया