च्याटजिपिटी प्रभाव : अमेरिका र बेलायतका शिक्षा कम्पनीहरूको शेयरमा भारी गिरावट
काठमाडौं (एजेन्सी) । अनलाइन ट्युसन प्रदायक र पुस्तक प्रकाशनका ठूला कम्पनीहरूको सेयरमा तीव्र गिरावट आएको छ।
च्याट जिपिटीजस्ता आर्टिफिसियल इन्टेलिजेन्स बटहरूले यस्ता कम्पनीको व्यवसाय प्रभावित हुने आँकलन भइरहेका बेला सेयरमा उछाल आएको हो ।
अमेरिकी कम्पनी चेगको सेयर मूल्य मंगलबार ५१ प्रतिशतले घटेको छ । यसबाट कम्पनीलाई एकै दिन एक अर्ब डलरभन्दा बढी घाटा लागेको बिबिसी समाचारमा जनाइएको छ ।
त्यसैगरी, बेलायती कम्पनी पियर्सनले पनि आफ्नो कुल मूल्यको छैटौं भाग गुमाएको छ ।
चेगका सीईओ ड्यान रोजेन्सवेगले विद्यार्थीहरू च्याट जीपीटीमा बढी चासो राखेको र कम्पनीले नयाँ ग्राहकहरूलाई आकर्षित गर्न नसकेको बताएका छन् ।
कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स बटहरूसँग लड्न आफ्नै एआई उपकरण पनि लन्च गरेको छ।
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया