NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीका बाबु-छोराविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडाैं ।  नक्कली भुटानी शरणार्थी बनाइ ठगी आरोपमा मुछिएका एमालेका सचिवसमेत रहेका तत्कालीन उर्जामन्त्री टोपबहादुर रायमाझीका बाबु छोराविरुद्ध  पक्राउ पुर्जी जारी भएको छ ।

उच्च प्रहरी स्रोतका अनुसार टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनीहरुको खोजी कार्य जारी राखेको छ । यसअघि नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउन भनी लाखौं रकम ठगी गरेको आरोपमा एमालेका उपाध्यक्षसमेत रहेका तत्कालिन गृहमन्त्री राम बहादुर थापाका छोरा प्रतिक थापालाईसमेत पक्राउ पुर्जी जारी गरिएको थियो ।