ब्राजिलको आदिवासी क्षेत्रमा आठ जना मारिए

ब्रासिलिया । उत्तरी ब्राजिलको आदिवासी क्षेत्रमा आठ जना मृत फेला परेका छन् । संरक्षित खानी क्षेत्रमा अवैध गतिविधि गर्नेहरूले उनीहरूलाई मारेको आशङ्का गरिएको छ ।
जङ्गलभित्र गोप्य आधार शिविर बनाएर सुन खोज्ने र त्यस्ता अवैध गतिविधि हुन नदिनेबीचको झडपमा सर्वसाधारण मारिने गरेका छन् । सङ्घीय प्रहरीले सोराईस राज्यमा ती शव फेला पारिएको जनाउँदै अनुसन्धान जारी रहेको बताएको छ । यद्यपि प्रहरीले मृतकको परिचय सार्वजनिक गरेको छैन ।
संरक्षित क्षेत्र र सुनखानी वरपर अवैध गतिविधि हुने गरेका छन् भने बेलाबेलामा सशस्त्र झडपसमेत हुने गरेका छन् । सुनखोज्नेसँगको झडपमा परी गत साता एक जना आदिवासीसहित पाँच जनाको ज्यान गएको थियो ।
भेनेजुएलाको सिमानामा रहेको वन क्षेत्रमा आदिवासी यानोमामीमा अवैध उत्खनन रोक्न र त्यहाँबाट अवैध गतिविधि गर्नेलाई हटाउन सेना र प्रहरीले गत फेब्रुवरीदेखि अभियान सञ्चालन गरेको छन् ।
सुरक्षाकर्मीलाई समेत आक्रमणको निशाना बनाउँदै आएका आक्रमणकारीले यानोमामीमा बलत्कारलगायत जघन्य अपराध गरेको एक स्थानीय अगुवाले बताएका छन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया