ब्राजिलको आदिवासी क्षेत्रमा आठ जना मारिए
ब्रासिलिया । उत्तरी ब्राजिलको आदिवासी क्षेत्रमा आठ जना मृत फेला परेका छन् । संरक्षित खानी क्षेत्रमा अवैध गतिविधि गर्नेहरूले उनीहरूलाई मारेको आशङ्का गरिएको छ ।
जङ्गलभित्र गोप्य आधार शिविर बनाएर सुन खोज्ने र त्यस्ता अवैध गतिविधि हुन नदिनेबीचको झडपमा सर्वसाधारण मारिने गरेका छन् । सङ्घीय प्रहरीले सोराईस राज्यमा ती शव फेला पारिएको जनाउँदै अनुसन्धान जारी रहेको बताएको छ । यद्यपि प्रहरीले मृतकको परिचय सार्वजनिक गरेको छैन ।
संरक्षित क्षेत्र र सुनखानी वरपर अवैध गतिविधि हुने गरेका छन् भने बेलाबेलामा सशस्त्र झडपसमेत हुने गरेका छन् । सुनखोज्नेसँगको झडपमा परी गत साता एक जना आदिवासीसहित पाँच जनाको ज्यान गएको थियो ।
भेनेजुएलाको सिमानामा रहेको वन क्षेत्रमा आदिवासी यानोमामीमा अवैध उत्खनन रोक्न र त्यहाँबाट अवैध गतिविधि गर्नेलाई हटाउन सेना र प्रहरीले गत फेब्रुवरीदेखि अभियान सञ्चालन गरेको छन् ।
सुरक्षाकर्मीलाई समेत आक्रमणको निशाना बनाउँदै आएका आक्रमणकारीले यानोमामीमा बलत्कारलगायत जघन्य अपराध गरेको एक स्थानीय अगुवाले बताएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया