NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

जीवन बीमा कम्पनीले चैत्रसम्ममा आर्जन गरे १ खर्ब ४ अर्ब बीमा शुल्क, कुन कम्पनीको कति ?

काठमाडाैं । जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष ०७९/८० को चैत्रमा मात्रै ११ अर्ब ९५ लाख बीमा शुल्क शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १९ बीमा कम्पनीहरुले ८ लाख ८० हजार १७९ बीमा पोलिसी बिक्री गर्दा सो बीमा शुल्क आर्जन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सोही अविधको ९ महिना (साउन-चैत्र) सम्ममा कम्पनीहरुले एक खर्ब ४ अर्ब ४ अर्ब ७३ करोड ४८ लाख रूपैयाँ बरारको बीमा शुल्क संकलन गरेको छ । त्यस्तै सोही अवधिमा कम्पनीहरूले ८३ अर्ब ७२ करोड ९५ लाख नविकरण शुल्क संकलन गरेको छ ।

कम्पनीहरूले मंसिरसम्ममा १ करोड ४१ लाख ६५ हजार ९९८ बीमालेख जारी गरी २१ अर्ब ५२ लाख रूपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांक छ ।

धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ अगाडि

सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चैत्रसम्ममा २७ अर्ब २६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । सोही अविधसम्ममा नेपाल लाइफले प्रथम बीमा शुल्क मात्रै ४ अर्ब ६ करोड रूपैयाँ संकलन गरेको छ । चैत्र महिनामा मात्रै कम्पनीले २ अर्ब ८८ करोड कुल बीमा शुल्क र ५८ करोड ८१ लाख प्रथम बीमा शुल्क संकलन गरेको छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स

धेरै बीमा शुल्क आर्जन गर्ने दोस्रो कम्पनीमा लाइफ इन्स्योरेन्स कम्पनी छ । सो कम्पनीले मंसिर मसान्तसम्ममा १२ अर्ब ९४ करोड रूपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । लाइफ इन्स्योरेन्सले चैत्रमा मात्रै १ अर्ब ४४ करोड कुल बीमा शुल्क र १९ करोड प्रथम बीमा शुल्क संकलन गरेको छ ।

तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स

चैत्रमसान्तसम्मा धेरै बीमा शुल्क संकलन गर्ने तेस्रो कम्नपीमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले चैत्रमसान्तसम्ममा ११ अर्ब ३७ करोड रूपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । उक्त कम्पनीले चैत्र महिनामा मात्रै १ अर्ब १५ करोड कुल बीमा शुल्क र ३१ करोड प्रथम बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांक छ ।

नेशनल लाइफ इन्स्योरेन्सपछि धेरै बीमा संकलन गर्ने कम्पनीहरूमा राष्ट्रिय बीमा संस्थान रहेको छ । सो कम्पनीले चैत्रसम्ममा ७ अर्ब १० करोड रूपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै अन्य कम्पनीहरूमा सूर्यज्योति लाइफ ६  अर्ब २० करोड, युनियन लाइफ ५ अर्ब ७५ करोड, एशियन लाइफ इन्स्योरेन्स ५ अर्ब १९ करोड, सिटिजन लाइफ ४ अर्ब १ करोड र मेट लाइफ ३ अर्ब ८७ करोड रूपैयाँको बीमा शुल्क संकलन भएको छ ।

यस्तै प्राइम लाइफ ३ अर्ब ३४ करोड, अइएमइ लाइफ इन्स्योरेन्स २ अर्ब ९८ करोड, सन नेपाल २ अर्ब ८७ करोड, रिलायबल लाइफ इन्स्योरेन्स २ अर्ब ७४ करोड, गुराँस लाइफ २ अर्ब २४ करोड, रिलायन्स २ अर्ब १२ करोड, सानिमा लाइफ १ अर्ब ७० करोड, प्रभु लाइफ १ अर्ब ५५ करोड, महालक्ष्मी १ अर्ब १८ करोड र सानिमा रिलायन्सले सबैभन्दा कम २४ करोड रूपैयाँ बीमा शुल्क संकलन गरेको छ ।