NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान प्रक्रियामाथि एमाले अध्यक्ष ओलीको आशंका

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख खाेलेका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डसँग भेट गरेपछि सञ्चारकर्मीलाई उनले प्रतिक्रिया दिँदै नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई उम्कन दिन नहुने बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिवसमेत रहेका टोपबहादुर रायमाझी मुछिएपछि ओलीको प्रतिक्रिया आएको हो । ‘नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन,’ ओलीले भने ।

यो प्रकरणमा एमालेकै नेताहरू तानिएको सम्बन्धमा पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै उनले यस प्रकरणमा तानिएको हो कि तनाइएको हो अध्ययन भइरहेको बताए ।

‘यो तानिएको हो कि तनाएको हो हामी अध्ययन गर्दैछौं’, उनले भने, ‘निष्कर्षमा पुगेपछि पार्टीको धारणा सार्वजनिक गर्छौं ।’

नक्कली शरणार्थी प्रकरणमा विचौलियालाई राजनीतिक संरक्षण दिएको आरोपमा रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । यस प्रकरणमा रायमाझीका छोरासहित उपाध्यक्ष रामबहादुर थापाका छोरासमेत मुछिएका छन् ।

रायमाझीलाई पक्राउ पुर्जी जारी भएको विषयमा जानकारी लिन ओली प्रधानमन्त्रीलाई भेट्न गएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष