NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

मानसिक स्वास्थ्य स्वस्थ बनाउन के खाने ?

एजेन्सी । व्यक्ति स्वस्थ हुन मानसिक र शारीरीक दुवै तवरले पूर्ण स्वस्थ हुन जरुरी छ । चिन्ता, तनावले व्यक्तिको मानसिक स्वास्थ्य विग्रन थाल्छ । जसले स्वास्थ्यम समस्या देखिन्छ ।

तनाव र चिन्ता मस्तिष्कका लागि हानिकारक मानिन्छ । मानसिक स्वास्थ्य समस्यालाई वेवास्ता गर्दा यसले अझ भयावह रुप लिने स्वास्थ्य विज्ञहरू बताउँछन् । यसको लागि मानसिक स्वास्थ्यलाई ध्यानमा दिदै पहिलै व्यक्तिले आफ्नो जीवनशैली र खानपान सही राख्नु पर्छ । उचित खानपानले मानसिक स्वास्थ्य स्वस्थ राख्नुका साथै शारीरीक स्वास्थ्य पनि स्वस्थ राख्छ । विशेषज्ञका अनुसार हाम्रो मानसिक जोखिम कम गर्न हामीले खाने खानेकुराको पनि त्यति नै हात हुन्छ ।

मानसिक रूपमा स्वस्थ हुन खानुपर्ने  खानपान

उपयुक्त र पोषणले भरिएको खानाले व्यक्तिलाई चिन्ता र तनावमुक्त बनाउँछ मानसिक स्वास्थ्य स्वस्थ बनाउन दाल र गेडागुडीको प्रशस्त सेवन आवश्यक छ । यसमा हुने क्यालोरी र पौष्टिक तत्वले मानसिक रुपमा व्यक्तिलाई स्वस्थ बनाउँनका साथै मस्ष्कि पनि ताजा राख्छ । यस्तै, हरियो साग सब्जी पनि मानसिक स्वास्थ्यका लागि लाभदायिक मानिन्छ ।

यसको सेवनले मस्तिष्कलाई पर्याप्त मात्रामा फोलिक एसिड प्राप्त हुन्छ, जसले डिप्रेसनको जोखिम कम गर्छ । अध्ययनका अनुसार, सागमा पाइने यौगिकहरूले वृद्ध व्यक्तिहरूमा डिमेन्सियाको जोखिम कम गर्न मद्दत गर्दछ। यसबाहेक मानसिक स्वास्थ राम्रो बनाउन ड्राई फ्रटहरुको पनि खानु पर्छ । ड्राई फ्रुटमा ओमेगा ३ फ्याटी एसिड प्रशस्त्र मात्रामा पाइन्छ ।

जसले तनाव र चिन्तासँग लड्न मद्त गर्छ र सकारातमक सोचको विकास गराउँछ । उदाहरणका लागि, काजूमा पाइने म्याग्नेसियमले मस्तिष्कलाई अक्सिजन प्रदान गर्दछ भने बदाममा पाइने फेनिलालानिन नामक यौगिकले मस्तिष्कका लागि डोपामाइन र अन्य न्यूरोट्रान्समिटर उत्पादन गर्न मद्दत गर्छ।