शरणार्थी प्रकरण : थप तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा संलग्न थप तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
शरणार्थी प्रकरणमा हाइप्रोफाइल तानिइरहेका बेला केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतले थप तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जनाएको छ ।
पक्राउ पुर्जी जारी भएकामध्ये तुलाधर र महर्जन सहकारी सञ्चालक भएको खुलेको छ ।
भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको भनेर पीडितले दिएको उजुरीको लामो समयपछि गत चैत १२ गते केशव दुलाल, टङ्क गुरुङ र सानु भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूकै बयानका आधारमा प्रहरीले यसअघि नै पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, उनका पुत्र सन्दीप, एमाले नेता रामबहादुर थापा पुत्र प्रतीक, बादल गृहमन्त्री रहँदा सल्लाहकार रहेका इन्द्रजित राई, उनका छोरालगायत विभिन्न व्यक्तिविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । त्यसमध्ये राई, रायमाझीपुत्र सन्दीप पक्राउ परे पनि टोपबहादुरलगायत फरार छन् । प्रहरी महानिरीक्षकलाई टेलिफोन गरेर अनुसन्धानमा सघाउँछु भनेका टोपबहादुर बीच बाटोबाटै फरार भएका हुन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया