सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न रास्वपाको बैठक सुरु
काठमाडौं । सरकारमा सामेल हुने या नहुने भन्नेबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक सुरु भएको छ।
एक घण्टागरी ढिलो सुरु भएको उक्त बैठकमा तनहुँ १ बाट निर्वाचित सांसद डा स्वर्णिम वाग्ले पनि सहभागी छन् ।
सरकारमा सहभागिताबारे निर्णय लिन गत साता पनि रास्वपाको बैठक बसेको थियो । यसबारे व्यापक छलफल गरेर मात्र निचोडमा पुग्नुपर्ने निष्कर्षपछि आज फेरि बैठक बसेको हो ।
प्रचण्ड नेतृत्वमा सरकार गठन हुँदा रास्वपा त्यसको मुख्य घटक दलमध्ये एक थियो । तर रवि लामिछानेको नागरिकता प्रकरणमा अदालतबाट आएको आदेशपछि प्रधानमन्त्री पुरानो सहमतिबाट विमुख भएको निष्कर्षसहित रास्वपाले मन्त्रिपरिषद्बाट आफ्ना मन्त्री फिर्ता बोलाएको थियो ।
यद्यपि, उसको समर्थन भने अद्यापि कायम नै छ । उपनिर्वाचनको परिणामपछि प्रधानमन्त्री रास्वपालाई सरकारमा सामेल गराउने पक्षमा खुलेका छन् भने रास्वपामा पनि कि सरकारमा सामेल हुनुपर्ने नभए समर्थन फिर्ता लिनुपर्ने बहस सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ गठबन्धन निर्माणको खेलमा लागेको संकेत पाएपछि प्रचण्ड रास्वपालाई रोजेकै मन्त्रालय दिएर आफू नेतृत्वको सरकारमा फर्काउने मनस्थितिमा रहेको बताइन्छ ।
यसबारे छलफल गर्न गत साता बसेको रास्वपा बैठकले सरकारमा सामेल हुनुका फाइदा र बेफाइदा खुट्याएर लिखित रूपमा शुक्रबारको बैठकमा प्रस्तुत हुन केन्द्रीय समिति सदस्य र सांसदहरूलाई निर्देशन दिइएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया