मेस्सीले स्वीकार गरे गल्ती
काठमाडौं । स्टार फुटबलर लियोनल मेस्सीले क्लबको अनुमतिबेगर साउदी अरब जानु आफ्नो कमजोरी भएको बताएका छन् ।
पेरिस सेन्ट जर्मेन क्लब (पिएसजी) मा आबद्ध मेस्सी क्लबको अनुमति नलिई साउदीको भ्रमणमा गएपछि दुई साताका लागि निलम्बनमा परेका थिए । यसबारे मुख खोल्दै मेस्सीले आफ्नो गल्ती स्वीकार गरेका हुन् ।
‘मैरो कामका लागि म माफी चाहन्छु,’ उनले इन्स्टाग्राममा लेखेका छन् । क्लबले गर्ने निर्णय पर्खिरहेको पनि उनले बताएका छन् ।
सन् २०२३ मा कतारमा सम्पन्न विश्वकप अर्जेन्टिनालाई जिताउन भूमिका खेलेका मेस्सी दुई वर्षअघि पिएसजीमा अनुबन्धित भएका थिए । जसको सम्झौता यही समर सिजनमा सकिँदैछ ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया