कोपा डेल रेको उपाधि रियलको पोल्टामा
काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल मड्रिडको पोल्टामा परेको छ ।
शनिबार राति सम्पन्न फाइनल खेलमा ओसासुनालाई २–१ गोलान्तरले परास्त गर्दै रियलले उपाधि हात पारेको हो ।
सन् २०१४ पछि रियलले कोपा डेल रेको उपाधि जितेको हो ।
रियलको जितमा रोड्रिगोले दुवै गोल गरे । रोड्रिगोले खेलको दोस्रो र ७०औं मिनेटमा गोल गरेका हुन् ।
ओसासुनाका लुकास टोरोले ५८औं मिनेटमा गोल गरेर टिमलाई खेलमा फर्काए पनि टिकाइराख्न भने सकेन ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया