बालकृष्ण खाण, आरजु, दीपेश पुनमाथि पनि छानबिन हुनुपर्छ : महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने संगठित ठगी प्रकरणको छानबिन निष्पक्ष हुनेमा शंका व्यक्त गरेका छन् । यो प्रकरणमा जोडिएका सबैमाथि छानबिन गर्नुपर्नेमा त्यसो नगरी भुरा माछामा मात्र केन्द्रित भएको उनको भनाइ छ ।
आइतबार पोखरामा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा कुरा गर्दै उनले यसमा जोडिएका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी मञ्जु, कांग्रेस नेत्री आरजु राणा देउवा र पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुनमाथि छानबिन हुनुपर्ने बताए ।
‘यो प्रकरणका पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी, पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा संलग्न देखिएका छन् । उनीहरूलाई छानबिनको दायरामा ल्याउनुपर्छ,’ उनले भने ।
शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने पक्षमा एमाले रहेको उल्लेख गर्दै यसमा साथ दिन तयार रहेको बताए । पार्टीका नेता टोपबहादुर रायमाझी पनि कानुनी प्रक्रियाबाट बाहिर नरहेको उनले प्रष्ट पारे ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया