नागरिकता विधेयकमा राष्ट्रपतिको चासो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा थन्किएको नागरिकता विधेयक सम्बन्धमा चासो देखाएका छन् ।
८ महिनादेखि अलपत्र परेको विधेयकका विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले आइतबार कानुन व्यवसायीसँग छलफल गर्न लागेका हुन् । राष्ट्रपतिको कार्यालयले दिएको जानकारी अनुसार दिउँसो १ बजे उनले कानुनी परामर्श गर्न लागेका हुन् ।
संसदबाट २ पटक पारित भएको नागरिकता विधेयक निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरेपछि गत भदौमा निष्कृय भएको थियो ।
नागरिकता विधेयकलाई अगाडि बढाउनका लागि शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन व्यवसायीसँग छलफल गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया