संसदमा ई–हाजिरी सुरू गर्ने तयारी
काठमाडौं । प्रतिनिधिसभा बैठकमा यही अधिवेशनदेखि नै सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था हुने भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठकले इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनका अनुसार अबदेखि सांसदहरूको हाजिरी बैठक बसेकै दिन संसदको वेबसाइटमार्फत सार्वजनिक गरिने छ ।
यसअघि संसद सचिवालयले उपलब्ध गराएको रजिष्टरमा हाजिरी गरिँदै आएको थियो । बैठकमा गणपुरक संख्यासमेत नपुग्दा पटक–पटक बैठक प्रभावित हुने गरेको थियो ।
बैठकमा सांसदहरूको न्यून उपस्थिति संख्याको अन्त्य गर्नका लागि दुई पटक हाजिरी गर्ने व्यवस्था मिलाउन सभामुखलाई सांसदहरूले ध्यानाकर्षण गराउँदै आएका थिए । विद्युतीय हाजिरीपछि उक्त समस्या हट्ने सभामुखले विश्वास लिएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया