NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रधानमन्त्रीलाई एमाले सांसदको प्रश्न : लडाकु शिविरको भ्रष्टाचार कहिले खुल्छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक पदम गिरीले सबै भ्रष्टाचारका फाइल खोल्नुपर्ने बताएका छन् । आइतबार संघीय संसद्को बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरण नौलो नभएको जिकिर गरे ।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई कारवाही गर्ने प्रक्रिया ट्रेलर मात्रै भएको फिल्म हेर्न बाँकी नै रहेको भनेर दिएको अभिव्यक्तिप्रति उनले फिल्म कहिले आउँछ भनि प्रश्न गरेका थिए ।

‘प्रधानमन्त्रीज्यूले भ्रष्टाचारीलाई कारवाही गर्ने ट्रेलर मात्रै हो फिलिम हेर्न बाँकी छ भन्नुभएको छ । हामी फिल्म हेर्न टिकट काटेर बसेका छौं’, प्रधानमन्त्रीलाई उनले प्रश्न गर्दै भने, ‘यती, ओम्नी, लडाकु शिविरका काण्ड के हुन् ? सीसीटीभी घोटाला काण्ड सबै एक एक गरेर कारबाही होस्’, उनले भने ।

यस्तै एमाले सचेतक महेश बर्तौलाले दे‍शको छवि अन्तर्राष्ट्रिय स्तरमा गिराउने काम भएको भन्दै त्यस कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने बताए ।

ताजा अपडेट

नेपालवाच विशेष