प्रधानमन्त्रीलाई एमाले सांसदको प्रश्न : लडाकु शिविरको भ्रष्टाचार कहिले खुल्छ ?
काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक पदम गिरीले सबै भ्रष्टाचारका फाइल खोल्नुपर्ने बताएका छन् । आइतबार संघीय संसद्को बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरण नौलो नभएको जिकिर गरे ।
प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई कारवाही गर्ने प्रक्रिया ट्रेलर मात्रै भएको फिल्म हेर्न बाँकी नै रहेको भनेर दिएको अभिव्यक्तिप्रति उनले फिल्म कहिले आउँछ भनि प्रश्न गरेका थिए ।
‘प्रधानमन्त्रीज्यूले भ्रष्टाचारीलाई कारवाही गर्ने ट्रेलर मात्रै हो फिलिम हेर्न बाँकी छ भन्नुभएको छ । हामी फिल्म हेर्न टिकट काटेर बसेका छौं’, प्रधानमन्त्रीलाई उनले प्रश्न गर्दै भने, ‘यती, ओम्नी, लडाकु शिविरका काण्ड के हुन् ? सीसीटीभी घोटाला काण्ड सबै एक एक गरेर कारबाही होस्’, उनले भने ।
यस्तै एमाले सचेतक महेश बर्तौलाले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा गिराउने काम भएको भन्दै त्यस कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने बताए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया