राति दही खानुका फाइदा र बेफाइदा जान्नुहोस्

एजेन्सी । स्वास्थ्यका लागि दही लाभदायिक मानिन्छ । प्रोटिन, क्याल्सियम, फोलिक एसिड, आइरन, भिटामिन बी यसमा प्रचुर मात्रामा पाइन्छ । जुन शरीरका लागि पनि आवश्यक छ । यी तत्वले शरीरमा रोग प्रतिरोधातमक क्षमता बलियो बनाउनुका साथै संक्रमणजन्य रोगहरुबाट पनि बचाउँछ ।
दही खानुका फाइदा
यसले पेटसम्बन्धी समस्याबाट टाढा राख्नुका साथै पाचन प्रणाली सुधार्नसमेत मद्त गर्छ । दहीमा क्याल्सियम र प्रोटिन भरपूर मात्रामा हुने भएकाले यसको सेवन हड्डीको लागि पनि फाइदाजनक छ । यसले हड्डी बलियो बनाउँछ । दहीमा क्यालोरी कम हुने हुँदा यसले मेटाबोलिज्मलाई गतिमा ल्याउँछ भने तौल नियन्त्रणका लागि पनि यो प्रभावकारी छ ।
बेफाइदा
आयुर्वेदमा राति दही खानु हानिकारक हुन सक्ने उल्लेख गरिएको छ । प्रकाशनमा आएका केही रिपोर्टका अनुसार राति दहिको सेवनले पेटको समस्या निम्तिने गर्छ भने ग्यासको समस्या पनि बढ्छ । छाती दुख्ने समस्या भएका व्यक्तिहरूले राती दही खाएमा यसले समस्या अझ बढाउन सक्छ । रातको समयमा दही सेवन गर्दा शरीरमा कफ जम्ने समस्या बढ्छ । योसँगै रातीको समयमा दही खाँदा छालामा एलर्जीको समस्या हुन सक्छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया