भारतमा डुंगा दुर्घटना, २१ जनाको मृत्यु
काठमाडौं (एजेन्सी) । भारतमा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । केरलाको मलाप्पुरममा आइतबार साँझ सो घटना भएको हो ।
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै एनडिआरएफ अधिकारी शिजु केकेले अहिलेसम्म २१ वटा शव निकालेको बताए ।
‘डुङ्गामा कति यात्रु थिए भन्ने यकिन संख्या थाहा छैन, त्यसैले कति मानिस फसेका छन् भनेर पत्ता लगाउन निरन्तर प्रयास गरिरहेका छौं,’ उनले भने।
केरलाको स्वास्थ्य मन्त्री वीणा जर्जले स्थितिको आँकलन गर्न अबेर राति आपतकालीन बैठक बोलाएकी थिइन्। उनले घाइतेहरूको राम्रो उपचार गर्न निर्देशन दिएका छन् ।
केरलाका मुख्यमन्त्री विजय पिनाराईले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले पनि मृतकका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया