भारतमा डुंगा दुर्घटना, २१ जनाको मृत्यु
काठमाडौं (एजेन्सी) । भारतमा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । केरलाको मलाप्पुरममा आइतबार साँझ सो घटना भएको हो ।
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै एनडिआरएफ अधिकारी शिजु केकेले अहिलेसम्म २१ वटा शव निकालेको बताए ।
‘डुङ्गामा कति यात्रु थिए भन्ने यकिन संख्या थाहा छैन, त्यसैले कति मानिस फसेका छन् भनेर पत्ता लगाउन निरन्तर प्रयास गरिरहेका छौं,’ उनले भने।
केरलाको स्वास्थ्य मन्त्री वीणा जर्जले स्थितिको आँकलन गर्न अबेर राति आपतकालीन बैठक बोलाएकी थिइन्। उनले घाइतेहरूको राम्रो उपचार गर्न निर्देशन दिएका छन् ।
केरलाका मुख्यमन्त्री विजय पिनाराईले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले पनि मृतकका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया