समूहमा बसेका मानिसमाथि कार गुड्यो, ८ जनाको मृत्यु, ५ घाइते
काठमाडौं (एजेन्सी) । अमेरिकाको टेक्सास राज्यमा घरबारविहीन र आप्रवासीहरूको लागि आश्रयस्थल नजिक रहेको बसस्टपमा एउटा कारले एक समूहलाई ठक्कर दिँदा आठ जनाको मृत्यु भएको छ।
मेक्सिकोको सीमा नजिकै रहेको ब्राउन्सभिल सहरमा स्थानीय समय अनुसार बिहान ८ः३० बजे घटना भएको हो ।
घटनामा कम्तीमा पाँच जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ।
प्रहरीले चालकलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । ब्राउन्सभिल प्रहरीले घटना नियोजित हो कि होइन भन्ने स्पष्ट नभएको जनाएको छ ।
यसअघि अमेरिकी सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै यो जानाजानी हमला भएको बताएको थियो।


प्रतिक्रिया