देश आर्थिक मन्दीमा गएको विषय ढाकछोप हैन, स्वीकार गरौं– पौडेल
काठमाडौं । प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले मुलुकको वर्तमान आर्थिक मन्दीको अवस्थालाई स्वीकार गरेर बजेट ल्याइनुपर्ने बताएका छन्।
आज संसदको ‘प्रि बजेट छलफल’ मा आफ्ना भनाई राख्दै उनले देश आर्थिक मन्दीमा गएको कुरालाई ढाकछोप नभएर स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय तथ्यांक कार्यालयले नै बोलेको यो विषयलाई ढाक छोप गर्ने या अर्थतन्त्र चलायमान बनाउनतिर लाग्ने भन्ने दोबाटोमा सरकार रहेको उनले बताए ।
‘यसलाई ढाछोप गर्छौं कि चलायमान बनाउने दोबाटोमा छौं । नेपाली अर्थतन्त्रमा मन्दीमा गएको तथ्यलाई सव्ीकार गर्दै बजेट प्रस्तुत हुनुपर्छ,’ उनले भने । सत्ता गठबन्धनको आज र हिजोको निर्णयका कारण मुलुबक आज आर्थिक मन्दीमा गएको उनको आरोप छ ।
अघिल्लो आर्थिक वर्षका लगातारका दुई त्रैमासिकको तुलनामा यस आर्थिक वर्षको तीनै त्रैमासिकको तुलनामा मुलुक ऋणत्मक बनेको विषय उनले गम्भीरतापूर्वक उठाए ।
‘यो सत्यलाई नलुकाऔं । सत्यले सिर्जना गरेको चुनौतीलाई सामाना गर्दै अघि बढ्नुपर्छ,’ उनले भने ।
अर्थतन्त्रका सूचकहरू गम्भीर भएकोबारे प्रतिवेदनको तथ्यांक केलाउँदै उनले अर्थतन्त्रको सुधार गर्न सुझाव दिएका छन् । यो आर्थिक वर्षमा ८ प्रतिशित वृद्धिदर हुने अनुमान हावादारी भएको बताउँदै उनले हाम्रा अनुमानले धरातलीय यथार्थलाई नकारेको बताए ।
उनले राजस्व संकलनको अवस्था झन् डरलाग्दो भएको बताउँदै देश कसरी सञ्चालन हुन्छ भन्नेबारे प्रश्न गरे । हालसम्म लक्ष्यको ५० प्रतिशतमात्रै राजस्व परिचालन हुनु निकै गम्भीर भएको उनले बताएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया