नेप्सेमा १० अंकको करेक्सन, कारोबार रकम घट्यो
काठमाडाैं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्सेमा १० अंकको करेक्सन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से १०.६६ अंकले बढेर १८४४.३६ विन्दुमा कायम भएको छ ।
मंगलबार नेप्से बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । नेप्सेका अनुसार दुई सय ६९ वटा कम्पनीको २० हजार ७७६ पटक कारोबारमा २८ लाख ३६ हजार १३९ कित्ता शेयर खरिदबिक्री हुँदा ७७ करोड ४७ लाख ६० हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबै उपसमूहमा हरियाली छाएको छ। सबैभन्दा बढी होटल तथा पर्यटन १.४५ प्रतिशतले बढेको छ ।
अन्य उपसमूहरूमा बैंकिङ ०.३०, विकास बैंक ०.८४, वित्त ०.५१, जलविद्युत १.०८, लगानी ०.८०, जीवन बीमा ०.८२, उत्पादन १.३६, माइक्रोफाइनान्स ०.३४, म्युचल फण्ड ०.१८, नीर्जीवन ०.२४, अन्य ०.२५ र व्यापार ०.१२ प्रतिशतले घटेको छ ।
आज पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक ६.४७ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै युनिक नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक ८.६८ प्रतिशतका दरले गुमाएका छन् ।
आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ९६ लाख २५ हजार रूपैयाँको कारोबार भएको छ । दोस्रोमा शिभम् सिमेन्टको ४ करोड ४६ लाख ६५ हजार रूपैयाँको कारोबार भयो ।
त्यस्तै स्वाभिमान लघुवित्तको ३ करोड ४७ लाख २५ हजार, नबिल बैंक २ करोड ३ लाख ८७ हजार र हिमालय डिष्टिलरीको १ करोड ८७ लाख ४० हजार रूपैयाँको कारोबार भयो ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया