NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत २९ गते

यौन दुर्व्यवहार मुद्दामा ट्रम्प दोषी ठहर, ५० लाख डलर जरिवाना

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी एक मुद्दामा अदालतबाट दोषी ठहर भएका छन् ।

एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गर्दै मानहानि गरेको आरोप लगाएर अदालतमा मुद्दा दायर गरेकी थिइन् । सोही मुद्दामा न्युयोर्कको सिभिल कोर्टले ट्रम्पलाई दोषी ठहर गरेको हो ।

त्यसैगरी, उनले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा ट्रम्पले बलात्कार गरेको आरोप पनि लगाएकी थिइन् । यसमा भने ट्रम्प दोषी ठहर भएनन् ।

बिबिसीले यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा ट्रम्प दोषी ठहर भएको उल्लेख गर्दै उनलाई ५० लाख क्षतिपूर्ति दिन आदेश दिइएको जनाएको छ ।

गत राष्ट्रपतीय निर्वाचनमा जो बाइडनसँग पराजित ट्रम्प आगामी निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रने मनस्थितिमा थिए । अदालतको यो फैसलासँगै उनको योजनामा धक्का पुगेको विश्लेषण गरिएको छ ।

अदालतको फैसलापछि प्रतिक्रिया दिँदै उनले यसलाई अपमानजनक भएको टिप्पणी गरेका छन् । साथै उनले ती महिलालाई आफूले नचिनेको समेत दाबी गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यो प्रकरणमा ट्रम्प पुनरावेदनमा जाने उल्लेख गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष