सुनको मूल्य निरन्तर उकालो, चाँदी स्थिर

काठमाडाैं । सुनको मूल्य बढ्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँ बढेर एक लाख ११ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख ११ हाजर पचास रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार स्थिर चाँदी मंगलबार पनि स्थिर छ । महासंघका अनुसार बुधबार चाँदी मंगलबारकै मूल्य एक हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया