गर्मीमा कस्ता समस्या देखिन्छन् ?
एजेन्सी । गर्मीमा हाम्रो शरीरले विभिन्न समस्याको सामना गरिरहेको हुन्छ । चर्को घामले शरीर आलश्य हुनुका साथै कमजोर पनि बनाउँछ । अझ कामको सिलसिलामा घरबाट बाहिर निस्कनु पर्ने व्यक्तिलाई घामबाट बच्न गाह्रो पर्छ ।
कडा घामले शरीरको बाहिरी अंगलाई मात्र नभई भित्री अंगलाई पनि हानि पु-याउँछ । गर्मीमा अधिक देखिने समस्यामध्ये डिहाइड्रेसन एक हो । यसले शरीरमा पानीको मात्रालाई कम गर्छ र शरीर शिथिल बनाइदिन्छ । गर्मीमा यसबाट बच्न प्रशस्त्र पानी पिउनुपर्छ ।
यस्तै, गर्मीमा धेरै देखिने अर्को समस्या चक्कर लाग्नु हो । चर्को घामका कारण व्यक्तिलाई चक्कर लाग्ने हुन्छ । नाकबाट रगत बग्ने समस्या पनि गर्मीमा बढेर जान्छ । यो एक प्रकारको रगतको विकार हो, जुन प्रायः गर्मीको समयमा देखिन्छ। ग
र्मीमा तातो र सुख्खा हावा चल्ने हुँदा नाकबाट रगत बग्छ । यसबाहेक चर्को घाममा लामो समय बस्दा पनि नाकबाट रगत बग्ने समस्या हुन्छ ।
गर्मीमा छालासम्बन्धी समस्या पनि अत्यधिक निम्तिने गर्छ । धेरै बेर घामको प्रत्यक्ष सम्पर्कमा हुँदा छालाको क्यान्सर हुने जोखिम गर्मीमा उच्च हुन्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया